११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

जोडी बन्दै महानायक अमिताभ बच्चन र राम्या कृष्णन


२२ चैत, भारत । बलिउडका महानायक भनिने अमिताभ बच्चन र बाहुबलीकी अभिनेत्री राम्या कृष्णन जाेडी बन्दै एकैसाथ पर्दामा देखिने भएका छन् । फिल्म बाहुबली बाट निकै चर्चामा आएकी अभिनेत्री राम्या कृष्णन फेरी एक फिल्मको पर्दामा देखिन लागेकी हुन्। यी दुबै चर्चित कलाकार फिल्म ‘यूरन्था मानिथानमा एक साथ देखिने भएका हुन् ।

तामिलभानानले निर्देशन गर्ने यस फिल्म हिन्दी भाषामा पनि रिलिज हुने बताइएको छ । महानायक अमिताभ बच्चन तमिल फिल्ममा पहिलो पटक देखिनेछन् । भारतिय मिडियाका अनुसार दुबै यो फिल्ममा रोमान्स गरिरहेको देखिनेछन् । यसअघि अमिताभ बच्चन र राम्याले फिल्म ‘छोटे मियाँ और बडे मियाँ’मा सँगै काम गरेका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार १८:५९