३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

वैदेशिक रोजागरमा जाँदै हुनुहुन्छ ? होशियार ! यी ६७ कम्पनीमा झुक्किएर पनि नजानुस् (सूचीसहित)

२२ चैत, काठमाडाैँ । वैदेशिक रोजागारीका नाममा ठगी गर्ने ६७ वटा कम्पनी कारबाहीमा परेका छन । वैदेशिक रोजगार विभागले खाडीका देश र मलेसियाका विभिन्न ६७ वटा कम्पनीलाई नेपाली कामदार लान रोक लगाउँदै कालोसूचीमा राखेको छ । आफूले लगेका कामदारलाई सम्झौता अनुसार सेवासुविधा नदिने कम्पनीलाई विभागले कालोसूचीमा राखेर कामदार लान रोक लगाएको जनाएको छ।

कालोसूचीमा पर्ने कम्पनीहरु मलेसिया, साउदी अरब, कतार र युएईका छन् । सबैभन्दा धेरै मलेसियाका ५२ वटा कम्पनी विभागको कालोसूचीमा छन् । त्यस्तै युएईका ६, साउदी अरबका ५ र कतारका ४ वटा कम्पनीलाई नेपाली कामदार लान रोक लगाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

प्रकाशित मिति : 16:38