विज्ञान विषयको परिक्षामा चिट र गेसपेपर लैजाने एसईईका ३ परीक्षार्थी निष्काशित
२२ चैत, सिरहा । स्थगित भएर सुरू भएकाे अाजकाे एसईई परीक्षाका परीक्षार्थीसँग परीक्षा दिईरहेको समयमा चिट र गेसपेपरहरु फेला परेकाले उनीहरुको आजको विषयको परीक्षा रद्ध गरिएकाे छ । सिरहाको चन्द्र माध्यमिक विद्यालय सेन्टरमा चिट चोर्ने ३ विद्यार्थी परीक्षाबाट निष्काशित भएका हुन् ।
परीक्षाकेन्द्रमा परीक्षा दिईरहेको विद्यार्थीबाट चिट भेटिएपछि उनिहरूलार्इ निष्कासन गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । अन्य परीक्षार्थीकाे आजको परीक्षा शान्तिपूर्वक सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए । उनले जिल्लाको अरु सबै ठाउँको परीक्षा शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बताएका छन् ।
प्रकाशित मिति : 15:08









