१० असार २०८३, बुधबार | Thu Jun 25 2026

प्रधानमन्त्रीद्धारा साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाको विमोचन

२२ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाको आज विमोचन गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज सो पुस्तक विमोचन गर्नुभएको हो ।

आफैं अफ्ठ्यारो स्थितीमा भएका थापाले नेपाली साहित्यमा ठुलो योगदान दिएकोमा प्रधानमन्त्री ओलीले प्रशंसा गर्नुभएको छ । “महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ । उहाँले देशलाई गर्न सक्ने योगदान लेखेर मात्र हो ”प्रधानमन्त्री ओलीले भन्नुभयो “अरु सशक्त अवस्थामा रहेकाहरुले वहाँको प्रेरणाबाट पनि देशलाई धेरै योगदान गर्नसक्नु पर्दछ ।”

प्रधानमन्त्री ओलीले समाजमा राम्रो काम गर्ने मानिसहरुलाई खुट्टा तान्ने प्रवृति भए पनि त्यसबाट विचलित नभइ आफ्नो लक्ष्यमा अडिग रहनु पर्ने बताउनुभएको छ ।

प्रकाशित मिति : April 5, 2019 at 3:20 pm