नुवाकोट उद्योग वाणिज्य संघको निर्वाचन भोलि, कांग्रेसविरूद्ध व्यवसायीको समूह मैदानमा
२२ चैत, नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघको निर्वाचन भोलि हुँदैछ । व्यवसायीको चुनाव भएपनि राजनीतिक रूपमा चर्चा र चित्रण गर्ने परिपाटीले यसपटक अलि बढी नै चर्चाको विषय बनेको छ । व्यवसायीको चुनावमा नेपाली कांग्रेसले संस्थागत रूपमै कांग्रेसको लेटरप्याडमा उम्मेदवार तोकेर निर्वाचनमा होमिएको छ भने व्यवसायीहरूले प्रगतिशिल पक्षधरहरूलाई समेटेर प्यानल बनाएको छ ।
व्यवसायीहरूको समूहलाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले साथ दिएको छ । कांग्रेसले उद्योग वाणिज्य संघमा एक कार्यकाल असफल नेतृत्व गरेका ताराबहादुर कार्कीलाइ मैदानामा उतारेको छ भने प्रगतिशिल व्यवसायिक समूहको नाममा एकै ठाउँमा उभिएका व्यवसायीहरूले नुवाकोटका सहकारीकर्म रमेश श्रेष्ठलाइ मैदानमा उतारेकोछ । संघको १६ औं वार्षिक साधारणसभा तथा दशौं अधिवेशनले संघले नयाँ नेतृत्व चयन गर्न लागेको हो ।

सहमतिको प्रयासमा पूर्णविराम लागेपछि निर्वाचन
सहमतिको आधारमा नेतृत्व चयन गर्ने पूर्व सहमति भए पनि नेपाली कांग्रेसले हस्तक्षेप गरी विथोलेपछि संघको नेतृत्वका लागि निर्वाचन हुन लागेको हो । नेतृत्व हात पार्ने दाउमा दुवै समूह रणनीति बनाएर लागेका छन । श्रेष्ठ र कार्कीको दुवै प्यानल मतदाताको मन जितेर आफ्नोृ पक्षमा मत लिनको लागि घरदैलोमा व्यस्त छन । अघिल्लो निर्वाचनमा कार्कीसँग झिनो मतान्तरले पराजित भएका श्रेष्ठ व्यसायीहरूको नेतृत्व गर्दै मैदानमा अाएपछि कांग्रेस समर्थकका लागि टाउको दुखाइको विषय बनेका छन।
संघको असफल नेतृत्व गरेका कार्कीलाइ नै उम्मेदवारको रूपमा अघि सार्दा धेरै कांग्रेस समर्थक नै असन्तुष्ट बनेका छन । अध्यक्षको रूपमा अलोकप्रिय बनेका कार्कीको विकल्पमा अर्को उम्मेदवार समेत तयार गर्न नसकेको भनेर पार्टीको बैठकमा समेत चर्को अालोचना भएको थियो । कांग्रेसले व्यवसायीमात्रैबाट उम्मेदवार जुटाउन नसकेपछि विदुर नगरपालिकाको निर्वाचनमा उपमेयर पदमा पराजित भएकी गीता अमात्यलाइ वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनाएको छ । यस्तै श्रेष्ठको व्यवसायीक प्यानलबाट संघकै पूर्व महासचिव समेत रहेका इन्जिनियर रामकृष्ण राजभण्डारी उम्मेदवार बनेर मैदानमा प्रस्तुत भएका छन ।

प्रथम उपाध्यक्षमा कार्की प्यानलबाट राजेन्द्र श्रेष्ठ र श्रेष्ठ प्यानलबाट उसनमान श्रेष्ठवीच प्रष्तिपर्धा हुनेछ । द्वितीय उपाध्यक्षमा कार्की प्यानलका सन्तोष उप्रेती र श्रेष्ठ प्यानलबाट लिडर श्रेष्ठ बिच प्रतिष्पर्धामा छन । त्यस्तै श्रेष्ठ प्यानलबाट महासचिब दिपक कायस्थ र कार्की प्यानलबाट कृष्ण अधिकारी बिचमा प्रतिष्पर्धा हुनेछ । संघको दशौं अधिवेशनले नुवाकोट उद्योग वाणिज्य संघमा ८ पदाधिकारीसहित २३ सदस्यीय कार्य समितिको चयन गर्नेछ ।
कांग्रेसका लागि प्रतिष्ठाको लडाइँ बनेको छ । राजनीतिक पदहरू प्राय सबै गुमाएको कांग्रेसले व्यवसायिक संस्थाहरूमा समेत नेतृत्व गुमाउँदै गएको छ । कांग्रेसका नुवाकोटबाट राजनीतिक गर्ने सबै नेताहरू पार्टीका उम्मेदवारहरूको सहयोगका निम्ति जुटेका छन । सबैजसो नुवकोटकै विभिन्न ठाउँमा बसेर मतदाता प्रभावित गर्ने कोशिशमा लागेका छन । यता नेकपाका नेताहरू पनि कांग्रेसको विरूद्धमा खडा भएको प्यानल विजयी गराउन कम्मर कसेर लागेका छन ।

प्रकाशित मिति : 12:41









