११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

डोल्पामा हिउँपहिरोमा परी ३ जना बेपत्ता, भारी मात्रामा हिउँ परेका कारण उद्धारमा समस्या

२२ चैत, जाजरकोट । माथिल्लो डोल्पामा हिमपहिरोमा परी ३ जना बेपत्ता भएका छन् । माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ सेलरीढुक्टा शे गुम्बास्थित चैत १७ गते कैलाश पर्वतमा तीर्थव्रतका लागि जाँदै गर्दा ३ बेपता भएका हुन् ।

बेपत्ता हुनेहरुमा शे–फोक्सुण्डो गाउँपालिका–३ का फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ रहेको सांसद पूर्वशान्तिमन्त्री सत्या पहाडीले टेलिफोनमार्फत जानकारी दिइन्।

यता डोल्पा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अवदेश विष्टले घटना पुष्टि गर्दै हिउँ भारी मात्रामा भएका कारण घटनास्थलसम्म पुग्न समस्या भएको बताए। रासस

प्रकाशित मिति : April 5, 2019 at 8:44 am