११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

१३ वर्षीया बालिका बलात्कार गर्ने चर्चित व्यक्ति हिरामणी घिमिरे पक्राउ

२१ चैत, भक्तपुर । बिरामी बाबुको झारफुक गर्न गएकी एक १३ वर्षीया बालिकालाई बलात्कार गर्ने चरचित झाक्री हिरामणी घिमिरे पक्राउ परेका छन् । घिमिरे बालिकालाई बलात्कार  गरी फरार भएकोमा  प्रहरीले आज पक्राउ गरेको छ ।

मध्यपुरथिमि नगरपालिका लोकन्थलीमा सञ्चालन गरेको झारफुक केन्द्रमा मकवानपुर मकवानपुरगढी गाउँपालिका घर भई हाल चाँगुनारायण नगरपालिका बस्ने ३५ वर्षीय गुरु रोशन भन्ने हिरामणि घिमिरेलाई प्रहरीले पक्राउ गरी आजै जिल्ला अदालतमा म्याद थपेर अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

गत १९ गते बिरामी बाबुलाई झारफकु गर्न साथी गएकी १३ वर्षीया बालिकालाई भित्र बोलाई धामी घिमिरेले बाबुको आँखामा पट्टी बाँधेर उपचार गर्नुपर्छ भन्दै पट्टी बाँधेर बालिकालाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरी उपरीक्षक पोखरेलले बताए ।

धामीले आफूलाई जबरर्जस्ती गरेको बाबुलाई बताएपछि सोही दिन प्रसूति गृह थापाथलीमा बालिकाको स्वास्थ्यपरीक्षण गरिएको प्रहरीको भनाइ छ । जोहरी आएलगत्तै प्रहरी १९ गते घटनास्थल पुग्दा धामी घिमिरे फरार भएको र खोजीको क्रममा रसुवाको कालिका गाउँपालिका–३ कटुन्जेस्थित आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरीएको बताइएको छ ।

प्रकाशित मिति : April 4, 2019 at 10:04 pm