३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

झारा टारेर पढाएकाे भन्दै विद्यार्थीले दले प्राध्यापकलाई कालोमोसो

२१ चैत, चितवन । चितवनमा बिद्यार्थीहरुले प्राध्यापकले बिद्यार्थीको भविष्यमाथि खेलवाड गरि कक्षा चलाउदै आएको र विरोध गर्ने कोहि निस्के उसको प्राक्टिकल नम्वरनै कम दिएर दुःख दिने गरेको भन्दै प्राध्यापक बिष्णुराज ओझालाई कालाेमाेसाे दल्नुका साथै जुत्ताकाे माला लगाइदिएका छन् ।

रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक ओझामाथि कालोमोसो र जुत्ताको माला लगाईएको हुन् । ३० दिनमा सकाउनु पर्ने कोर्ष ४ दिन त्यसमाथि २÷ २ घण्टाका दरले ८ लेक्चरमा सकाएको र छैटौ सत्रान्तको कोर्ष तीन वटा सेक्सनका १ सय ६५ विद्यार्थीलाई एउटै सेक्सनमा राखेर झारा टार्दै कोर्ष सकाउने काम गरेको भन्दै बिद्यार्थीहरुले ओझामाथि कालोमोसो दल्नु परेको बताए ।

प्रकाशित मिति : 16:49