३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

डीएसपीको काज सरुवा, कसकाे सरूवा कहाँ ?

२१ चैत, काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखमा डिएसपी श्यामु अर्यालकाे सरूवा भएकाे छ । चितवनकाे टाँडीकाे इन्चार्जमा डीएसपी सन्तोष आचार्यकाे सरूवा भएकाे छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय बाँकेमा डीएसपी प्रकाश सापकोटाकाे सरूवा भएकाे छ ।

पर्वतमा कार्यरत डिएसपी भुवनेश्वर तिवारी र टाँडीमा कार्यरत डिएसपी दयानिधि ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।बाँकेमा कार्यरत राजेन्द प्रसाद अर्याल बाँकेस्थित दंगा नियन्त्रण गणमा सरुवा भएका छन् ।

प्रकाशित मिति : 15:07