नुवाकोट बेलकोटगढी–११ का सुरेन्द्र पाण्डे ५० दिनदेखि वेपत्ता, खोजीमा सबैले सहयोग गराैँ
२१ चैत, काठमाडौँ । नुवाकोट जिल्लाका एक युवा ५० दिनदेखि सम्पर्कबिहीन भएका छन । नुवाकोट जिल्लाको बेलको घर र परिवारका नुवाकोट जिल्ला बेल्कोटगढी नगरपालिका–११ तिगाउँ स्थायी घरभई हाल काठमाडौँको सामाखुसी बस्दै आएका २३ वर्षीय सुरेन्द्र पाण्डे ५० दिनदेखि परिवारको सम्पर्कभन्दा बाहिर रहेका छन । क्याम्पस जान हिडेँका सुरेन्द्र कलेजबाट यतिलामो समयसम्म परिवारको सम्पर्कमा नआएपछि तनाव उत्पन्न भएको उनीका दाजु ठाकुरजंग पाण्डेले दैनिकीलाइ जानकारी दिए ।
पव्लिक युथ क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत पाण्डेको खोजीमा सहयोग गरिदिन बुबा केदारबहादुर पाण्डेले अपिल गरेका छन । छोराको खोजीमा काठमाडौँ आएकी आमा सीता पाण्डे पनि छोरो नभेटिएपछि तनावमा परेकी छिन । सुरेन्द्र गत माघदेखि नै हराएका भएपनि परिवारले पहिला आफन्तकोमा खोजी गरेर नभेटिएपछि सञ्चारमाध्य मार्फत छोराको खोजी थालेका छन ।

अहिले सुरेन्द्रको आमा र बुबा विहानै कलेज जान निस्कीएको छोराको प्रतिक्षामा घरमा रुँदै बसिरहेका छन । परिवारले सुरेन्द्रको खोजीका लागि महानगरिय प्रहरी परिसर काठमाडौ लगायत विभिन्न निकायमा निवेदन दिएका छन तर पनि सुरेन्द्र भेटिएका छैनन् । तस्बीरमा देखिएका सुरेन्द्रलाइ तपाइहरूले कहीँकतै देख्नुभए परिवारका सदस्य वा नजिकको प्रहरी चौकीमा खबर गरेर सहयोग गरिदिन दैनिकीका तर्फबाट अनुरोध गर्दछौँ । सुरेन्द्रको परिवारका सदस्यको मोबाइल नम्बर ९८५१०२०३२७ रहेको छ ।
प्रकाशित मिति : 08:33









