३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

हावाहुरीमा परी घाइते भएका उपचार गरी अस्पतालमाबाट १९५ घाइते घर फिर्ता

२० चैत, पर्सा । गत आइतबारको हावाहुरीमा परी घाइते भएर वीरगञ्जको विभिन्न अस्पतालमा उपचार गराउँदै आएका १९५ घाइते आज घर फर्केका छन् । स्वास्थ्यमा सुधार आएपछि उनीहरुलाई घर फिर्ता गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मङ्गलबारसम्म वीरगञ्जको विभिन्न अस्पतालमा ४०९ जनाको उपचार हँुदै आएको थियो । बाँकी २१२ घाइतेको उपचार भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले वीरगञ्जको नारायणी अस्पतालमा ४० जना, नेशनल मेडिकलमा १००, वीरगञ्ज हेल्थ केयरमा २६, न्युरो अस्पतालमा १९ तथा गण्डक अस्पतालमा १७ घाइतेलाई भर्ना गरिएको थियो ।

हावाहुरीबाट पर्साको विभिन्न स्थानमा १२२ घर पूर्ण क्षति तथा ३८७ घरमा आंशिक क्षति पुगेको शर्माले जानकारी दिनुभयो । उहाँले हावाहुरीबाट तीन विद्यालय, तीन उद्योग, एउटा मन्दिर र एउटा मस्जिद पूर्णरुपमा क्षति पुगेको छ । राहत वितरण गर्न स्थानीय प्रशासनले विभिन्न सङ्घसंस्थाको समन्वयमा सहायता कक्ष स्थापना गरेको छ ।

प्रकाशित मिति : 21:17