३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

हावाहुरीपीडितलाई एक महीनाको तलब दिने प्रदेश नं २ का पर्यटनमन्त्री सुरेश मण्डलकाे घोषणा

२० चैत, लहान । बारा पर्साका हावाहुरीपीडितलाई आफ्नो एक महीनाको तलब उपलब्ध दिने प्रदेश नं २ का उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले घोषणा गर्नुभएको छ । गत आइतबार राति आएको हावाहुरीबाट प्रभावित क्षेत्रको निरीक्षणपश्चात् राज्यमन्त्री मण्डलले पीडित परिवारलाई आफ्नो एक महीनाको तलबबापत रु ६० हजार सहयोग दैवी प्रकोप उद्धार समितिमा जम्मा गर्ने घोषणा गर्नुभयो ।

यस्तै लहानस्थित लक्ष्मी फाउन्डेशन कन्सल्टेन्सी प्रालीले हावाहुरी प्रभावित क्षेत्रको पीडित बालबालिकामध्ये छ जनालाई निःशुल्क पठनपाठनका लागि व्यवस्थापन गर्ने घोषणा गर्ने जनाएको छ । नेपाल पत्रकार महासङ्घ सिरहा, मधेश मिडिया मिसनलगायतका संस्थासमेत हावाहुरी प्रभावितका लागि राहत सङ्कलनको कार्य थालेको पत्रकार महासङ्घ सिरहाका अध्यक्ष दिनेश्वर गुप्ताले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 19:25