५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

औँठिको सट्टा औँलामा रिबन लगाएर विवाह गरेको १ घण्टामा  छोरी जन्मिएपछि…


२० चैत, अमेरीका ।  अमेरिकामा एक जोडीको भने विवाह भएको १ घण्टामै बच्चा जन्मिएको छ । त्यो पनि एक नगरका मेयरले उनीहरुको विवाह गराईदिएका छन् । मेरी र गाबेले विवाह भएको एक घण्टापछि बच्चा जन्माएका हुन् । इन्डियाना, साउथ बेन्डका मेयर पेटे बुटिगिगले उनीहरु दुवै जनाको विवाह गराईदिए । अफिसका अन्य कर्मचारी साक्षीको रुपमा उपस्थित भए र एक अर्कालाई रिबन लगाइदिएर विवाह बन्धनमा बाँधिए ।

त्यसपछि मेरीले डाक्टरसँग समय लिएर छोरीलाई जन्म दिईन् । जेड क्याथरिन जोन्स साउथ ब्रेन्डकी सबैभन्दा नयाँ निवासी भएको मेयर बुटिगिगले आफ्नो फेसबुक पेजमा यसबारे जानकारी गराएका छन् । उनले बालिकाको तस्बिर पोष्ट गर्दै लेखे, ‘मेरो कार्यकालको समाप्तिमा मलाई यो कुरा विशेष याद रहनेछ । नवविवाहित र नयाँ आमा–बुवालाई बधाई । जेड, तिमीलाई यो मायालु संसारमा स्वागत छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार १५:२६