११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

परीक्षामा प्रथम बनाइदिने प्रलोभन देखाउँदै छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

२० चैत, फिदिम । छात्रालाई याैन दुर्व्यबहार गरेकाे आरोपमा  एक शिक्षकलाई पक्राउ परेका छन् । कक्षा ८ मा अध्ययनरत आफ्नै १३ वर्षीया विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका शिक्षक उपेन्द्र चौधरी पक्राउ परेका हुन् ।

विज्ञान विषयका शिक्षक चौधरीले बालिका घरमा एक्लै भएको मौका छोपी ललाइफकाइ यौन दुर्व्यवहार गरेको पीडितले बयान दिएकी छन् ।बालिकालाई परीक्षामा प्रथम बनाइदिने प्रलोभन देखाउँदै यौन दुर्व्यवहार प्रयास गरेको पीडित आफन्तले प्रहरीमा उजुरी दिएपछि चौधरीलाई मङ्गलबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रकाशित मिति : April 3, 2019 at 2:30 pm