चुनावी प्रचार छाडेर उद्योग वाणिज्य संघ नुवाकोटका अध्यक्षका उम्मेदवार श्रेष्ठ आँधी पीडितको सहयोग संकलनमा
२० चैत, नुवाकोट । चुनावी प्रचार छाडेर उद्योग वाणिज्य संघ नुवाकोटका अध्यक्षका उम्मेदवार रमेश श्रेष्ठ आँधी पीडितको सहयोग संकलनमा जुटेका छन । बाराका आँधी पीडित नागरिकका लागि नुवाकोट जेसिस र महिला मानव अधिकार रक्षक सञ्चाल नुवाकोटले अायोजना गरेको सहयोग संकलन अभियानमा श्रेष्ठ पनि जुटेका छन ।

चुनावी प्रचार भन्दा मानवीय सहायतमा महत्वपूर्ण भएकाले अाफू सहयोग संकलनको काममा लागेको अध्यक्षका उम्मेदवार श्रेष्ठले बताए । उनले अाफ्नो प्यानका तर्फबाट समेत अार्थिक सहयोग घोषणा गर्दा सहरका केही भागामा नुवाकोट जेसिस र महिला मानव अधिकार रक्षक सञ्जालका प्रतिनिधिसहित हिँडेकका हुन ।

चैत २३ गते हुने निर्वाचनमा व्यवसायीहरूको तर्फबाट श्रेष्ठको उम्मेदवारी रहेको छ भने नेपाली कांग्रेस नुवाकोटको तर्फबाट ताराबहादुर कार्कीको प्यानल प्रतिस्पर्धामा रहेको छ ।
प्रकाशित मिति : 13:09









