गायिका अञ्जु पन्त बाइबाल बोकेर बारा पुगेको भन्दै सामाजिक सञ्जालमा तीब्र आक्रोश
२० चैत, काठमाडाैँ । गायिका अञ्जु पन्त बाइबाल बोकेर बारा पुगेको भन्दै सामाजिक सञ्जालमा तीब्र आक्रोश छाएको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले मंगलबार दिँउँसोदेखि नै अञ्जुको उक्त तस्बीर भाइरल बनाएका छन । गायिका पन्त केही राहतसहित बाइबल बोकेर बारा पुगेकी भन्दै उनको फोटो हजाराैँले फेसबुक र ट्वीटरमा पोष्ट गरेका छन ।

भाइरल बनेको तस्बीरमा अञ्जु गाडीको डिकीमा केही राहत सामाग्री र बाइबलजस्तो देखिने किताबहरु राखेर उभिएकी छिन । धेरैले पीडामा पनि धर्म प्रचार गर्न गएको भन्दै अञ्जुलाइ गाली गरिरहेका छन । गाली गर्नेमा समाजमा प्रतिष्ठित व्यक्तिहरू समेत रहेका छन । कतिपय पत्रकारहरूले समेत उनको फोटो राखेर अालोचना गरेका छन । अञ्चुको अालोचना गर्नेमा पत्रकार विश्वमणि सुवेदी पनि छन । उनले फेसबुकमा यस्तो लेखेका छन ।

प्रकाशित मिति : 12:50









