११ जेष्ठ २०८१, शुक्रबार | Sat May 25 2024

ससुराली पुगेरै श्रीमानले डिभोर्स गरिएकी श्रीमतीको जिब्रो काटे 


२० चैत, पाकिस्तान । पाकिस्तानी एक पुरूषले डिभाेर्स भैसकेकी श्रीमतीकाे जिब्राे काटिदिएका छन् । हाफिजाबाद जिल्लाको पिँडी भट्टिया भन्ने गाउँमा यो घटना भएको हो । श्रीमतीकाे हत्याको कोसिस गरेको अभियोग लगाएर ती पुरुषमाथि मुद्दा दर्ता गरेको छ । ती आरोपी पुरूषभने फरार छन् ।

डिभोर्सपछि पनि श्रीमान श्रीमतीका बीचमा विवाद चलिरहेको थियो । विवादकै बीचमा गत शनिबार जहाँगिर आफ्नो भूपू ससुरालीमा पुगे र एक्कासि माइतीमा रहेकी भूपू पत्नीमाथि जाइलागे ।  कैँची निकालेर उनले पूर्व पत्नीको जिब्रो काटिदिए ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार ११:३८