५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

सम्बन्धविच्छेदको गलत खबर छाप्ने अमेरिकी म्यागजिनमाथि निक र प्रियंका मानहानीको मुद्धा दायर गर्ने तयारीमा


२० चैत, भारत । आफ्नो सम्बन्धविच्छेदको गलत खबर छाप्ने अमेरिकी म्यागजिनमाथि निक जोनस र प्रियंका चोपडा मानहानीको मुद्धा दायर गर्ने तयारीमा रहेका छन् । इन्टरटेन्मेन्ट वेबसाइट बलिउड लाइफको खबर अनुसार प्रियंकाको कानूनी समहूले यो समाचार बनाउने टेब्लोइडसँग कुरा गर्ने र उनीहरुलाई आफ्नो खबरको खण्डन गर्न भन्नेछन् ।

 यदि यस्तो नभए प्रियंका र निक कथित रुपमा ठूलो राशीको मानहानीको मुद्दा चलाउने योजनामा छन् ।अमेरिकी म्यागजिनले यो जोडी सम्बन्धविच्छेद गर्ने तयारीमा भएको दाबी गरेको थियो । यो खबर पछि प्रियंका र निकले म्यागजिनमाथि मानहानीको मुद्धा दायर गर्ने सोच बनाएका छन् ।

 

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार ११:०४