५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

अभिनेत्रीले पुलिसलाई झापड हानेपछि…


१९ चैत, भारत । भारतीय अभिनेत्री रूही सिंहले रेष्टुरेन्टको कर्मचारी र पुलीसलाई झापड हानेकी छिन् । आफ्ना दुई साथीहरुसँग राती रेष्टुरेन्ट पुगेकी रूहीले उक्त हर्कत गरेकाे स्पटबोयको रिपोर्टमा उल्लेख गरिएकाे छ ।

रेष्टुरेन्ट बन्द भइसकेको र रेष्टुरेन्टका कर्मचारीले उनलाई भित्र आउन नदिएपछि उनले कर्मचारीमाथि हातपात गरिन् । रेष्टुरेन्टका कर्मचारीले पुलिसलाई फोन गरेपछिखपुलिस पुग्दा नायिका र उनका साथीहरु रेष्टुरेन्टका कर्मचारीसँग बहस गरिरहेका थिए ।

पुलिसले नायिकालाई सम्झाउँदै गर्दा रुहीले पुलिसलाई पनि हातपात गर्न थालिन् । घटनाको भिडियो बनाएपछि रुहीले पुलिस लक्ष्मीकान्तको मोबाइल खोसेर थप्पड हानेकाे कुरा सामाजिक संञ्जालमा भाइरल भएकाे छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलवार ११:५२