५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

अष्ट्रेलियाकाे सिड्नीमा दुई नेपालीबिच हानाहान, एककाे टाउकोको हड्डी भाँचियाे


१९ चैत, सिड्नी । अष्ट्रेलियाकाे सिड्नीमा दुई  नेपालीबित झडपहुँदा एक जना कम्भीर घाइते भएका छन् । एक २२ वर्षीय युवककाे दिमागमा रक्तश्राव र टाउकोको हड्डी भाँचियकाे छ । एनएसडब्लू पुलिसका अनुसार सोमबार रातीकाे उक्त घटनापछि पार्क स्ट्रिट नजिकै जर्ज स्ट्रिटमा आपतकालीन सेवा बोलाइएको थियो ।

२२ वर्षे एक नेपालीलाई उनका २५ वर्षे साथीले बक्स कटरले बेस्सरी  हानेपछि उनको टाउकोको हड्डी भाँच्चिएको छ भने दिमागमा रक्तश्राव भएको छ । उनको सेन्ट भिन्सेन्ट अस्पतालमा उपचार भइरहेको छ । उनका २५ वर्षे नेपाली साथीलाई प्रहरीले पक्राउ गरेको छ ।

यी दुई नेपालीको जर्ज स्ट्रिट नजिकै बाटो काट्नेबेला दुई दाजुभाइसँग बहस चर्किदाँ उक्त घटना भएको बताइएको छ । ती दुई दाजुभाइलाई पनि पक्राउ गरिएको थियो तर उनीहरुलाई जमानतमा रिहा गरिएको छ ।

 

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलवार ११:२०