७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

–शेखर बस्नेत

यस्तै हुन्थ्यो भगवानको पाला मान्नुपर्छ
राम, पाण्डव लाई देशनिकाला मान्नुपर्छ

पार्वतीले कस्तो गहना लगाउँथिन होला ??
शिवको घाँटीमा सर्पको माला मान्नुपर्छ

छल गर्न कपट गर्न उनैले सिकाए
बिष्णुका अचम्मको चाला मान्नुपर्छ

गोपिनी चाहिँ गोकुलमा गाई पाल्ने गर्थे
कृष्ण रहेछन गोपिनीका गोठाला मान्नुपर्छ

घमण्ड भत्काउनु परे हनुमान सम्झनु
हनुमानका शक्तिशाली पैताला मान्नुपर्छ

प्रकाशित मिति : April 1, 2018 at 2:17 pm