अष्ट्रेलियामा सडक दुर्घटनामा परी झापाका आर्यन आचार्यको मृत्यु, चार नेपाली घाइते
१५ चैत, अष्ट्रेलिया । अष्ट्रेलियाको न्यु साउथ वेल्समा भएको कार दुर्घटनामा एक नेपाली विद्यार्थीको निधन भएको छ । अध्ययनका लागि अष्ट्रेलिया आएका पाँच विद्यार्थीहरु सिड्नीबाट मेलवर्न घुम्न जाने क्रममा दुर्घटनामा परेका हुन । घटना ह्युमे हाईवेको अल्बरी नजिक बिहिवार बिहान करिब ७।३०म बजे भएको थियो ।
सिड्नीका नेपाली शैक्षिक परामर्शदाता समेत रहेका जय ओलीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा झापाका आर्यन आचार्य रहेका छन । सिड्नीबाट करीब ५५० किमिको दुरीमा भएको दुर्घटनामा घाइते भएका सवारी चालक वलराम पराजुलीको थप उपचारका लागि हवाई मार्गबाट क्यानबेरा पठाईएको छ ।

ओलीका अनुसार पछिल्लो सिटमा रहेका रोशन भेटवालको अवस्था सामान्य छ भने अभिषेक घिमिरे र विज्ञान सुवेदीको स्थानीय अल्बरी अस्पतालमा उपचार भैरहेको छ । ओलीले अल्बरी अस्पतालमा उपचाररतहरु तिनजना संग भेटघाट र कुराकानी भएको बताए । पछिल्लो समय नेपाली विद्यार्थीहरु विभिन्न दुर्घटनामा पर्ने कुरा नेपाली समुदायका लागि चिन्ताको बिषय बनेको छ ।
प्रकाशित मिति : 13:24









