३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

नारायणी अस्पतालमा कार्यरत डा. सचितानन्द यादवको कुटपिटबाट श्रीमति सुनिताको मृत्यु

१५ चैत, काठमाडाैँ ।  नारायणी अस्पतालमा कार्यरत डा. सचितानन्द यादवको कुटपिटबाट उनकी जेठी श्रीमती सुनीता यादवको ज्याननै गएको छ । डा. सचितानन्द यादवको कुटपिटबाट गम्भीर घाइते भएकी सुनिताको वीरगञ्जको गण्डक अस्पतालमा उपचार हुननसकी त्रिवि शिक्षण अस्पताल ल्याइएकोमा सुनिताको उपचारकै क्रममा दिउँसो ३ बजे मृत्यु भएको जय नारी अभियन्ता सावित्री सुवेदीले दैनिकीलाइ जानकारी दिइन ।

अभियन्यता सुवेदीका अनुसार यसअघि सुनिताको वीरगन्जस्थित गण्डक अस्पतालमा उपचार भैइरहेको थियो तर चिकित्सकले थप उपचारका लागि काठमाडाैँ लैजान सुझाव दिएपछि त्रिवि शिक्षण अस्पताल ल्याइएको तर चिकित्सकले हर प्रयास गर्दा पनि सुनिताको ज्यान बचाउन सकिएन् । सुनितालाइ ज्यानै जाने गरी कुटपिट गर्ने उनका श्रीमान भने बिरामी भएको नाटक गरेर अाइसियुमा बसेका छन । उनी प्रहरीकै नियन्त्रणामा रहेका छन । 

सुवेदीका अनुसार सुनिताको अाज पोष्ट मार्टम गराउने तर शव नबुझ्ने बताइएको छ । सुनिताका भाइ सन्तोष यादवले दिदीले न्याय नपाउँदा सम्म शव नउठाउने बताए । उनले दिदीलाइ डा सचितानन्दले १५ वर्षदेखि नै यातना दिँदै अाएको बताए। बाराको परवानीपुर ५ बहुअरी निवासी ४३ वर्षीय सुनिताको १५ वर्ष अगाडि वीरगन्ज महानगरपालिका २० हरपतगन्ज निवासी डा. सचितानन्द यादवसँग विवाह भएको थियो । त्यस बेला २० लाख रुपैयाँ दाइजो दिएर दिदीको विवाह सम्पन्न भएको यादवले बताएका छन । प्रहरी हिरासतमा रहेका डा. सचितानन्दले श्रीमती घरमा आफैं लडेर घाइते भएको दाबी गरेका छन । प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।

प्रकाशित मिति : 18:49