३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

एसईई परीक्षामा प्रदेश नं–२ मा भएको अनियमिताकाे छानबिन सिआइवीले गर्ने

१५ चैत,काठमाडौँ । परिक्षा अगाबै प्रदेश नं–२ मा एसईई परिक्षाको प्रश्नपत्र सार्वजनिक भएको सन्दर्भमा  सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा भएका अनियमिताको छानबिन गर्ने जिम्मेवारी नेपाल प्रहरी केन्द्रीय अनुसन्धान विभाग (सिआइवी) लाई दिने निर्णय गरेको छ ।

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा मन्त्रालयमा बसेको एसइई सुरक्षा समितिको बैठकले अहिलेसम्म भएका एसइई परीक्षामा भएको अनियमिताको छानबिन गर्ने जिम्मेवारी सिआइवीलाई दिइएको मन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिए । सिआइवीले अहिलेसम्म भएका अनियमितता र परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको सम्बन्धमा छानबिन गर्ने छ ।

प्रकाशित मिति : 17:08