३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

लगानीलाई  सरकारले सुरक्षा दिन्छः प्रधानमन्त्री ओली

१५ चैत, काठमाण्डाै  । काठमाण्डौमा सुरु भएको लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न लगानीकर्तालाई स्वागत गरेका छन् ।  प्रधानमन्त्री ओलीले ठूला लगानी कर्तालाई स्वागत गर्दै सरकारले लगानीलाई सुरक्षा दिने बताएका छन् ।

सानो लगानीले पनि नेपालमा ठूलो प्रभाव पर्ने प्रधानमन्त्रीले बताएका छन् । उनले एक वर्षअघि आफूले राराबाट सम्बोधन गर्दै नेपाल अब विकासको बाटोमा अघि बढ्छ भनेको र त्यसैअनुसार अब देश अघि बढ्ने पनि बताए । कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको विकासका लागि विदेशी लगानी आवश्यक रहेको बताएका छन् । सरकारद्वारा आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर आयोजना गरिएको लगानी सम्मेलन शुरु भएको हो ।

सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २७ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखिने छ । सम्मेलनलाई लक्षित गरेर राजधानी काठमाडौँको सुरक्षा व्यवस्थासमेत चुस्त बनाइएको छ । सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६ सय बढी लगानीकर्ताको सहभागिता रहेको छ । यस्तै गैरआवासीय नेपाली सङ्घ र स्वदेशी लगानीकर्ताको उल्लेख्य सहभागिता छ ।

प्रकाशित मिति : 14:57