११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

संगठन विस्तारमा जुट्यो राजपा, राैतहटमा पार्टी प्रवेश गर्नेलाई सदस्यता वितरण

१४ चैत, रौतहट । अभिमनु कुमार पटेल राजपा नेपालमा पार्टी प्रवेशसँगै सदस्यता वितरण कार्य रौतहटमा तिब रुपमा भईरहेको छ । रौतहट क्षेत्र नं २ परोहा नगरपालिकाको वडा नं ९ रामपुरखाप टोलमा राजपा नेपालको वार्ड समिति गठन कार्यक्रम गरिएको छ । सो समितिको अध्यक्ष राजेश प्र.सोनारको अध्यक्षतामा भएको छ भने उपाध्यक्ष राजन सोनार, सचिव रामचन्द्र पटेल, सहसचिव अशोक पटेल, कोषाध्यक्ष सुनैना देबि महरा लगायत २१ सदसीय समिति गठन गरिएको छ । सो कार्यक्रममा सम्बोधन गर्दै राजपा विद्यार्थी संघको केन्द्रिय महासचिव तथा लोकप्रिय युवा नेता ओमलोक पटेलले यो नगरपालिकामा आफुले प्रदेश सरकारको विकासे सहभागिता प्रत्येक वडामा ल्याउने मुख्य योजना रहेको बताए । यस वडा नं ९ रामपुरखाप टोलमा जनताको प्रत्येक्ष विभिन्न कार्यक्रममा प्रयोग हुने २५ लाखको लागतमा सामुदायिक धर्मशाला निर्माण गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

प्रदेश सरकारको विकास कार्यको गतिलाई अगाडी बढाउनका लागि आफुलाई दूतको रुपमा क्षेत्र नं २ मा खटाईएको छ । मोतिपुर बजार देखि दक्षिण तिर यो वडासँग जोडिएको सडकको काम सुरु भई सकेको नेता पटेलले बताएका हुन । कार्यक्रममा राजपा नेपाल रौतहट जिल्ला अध्यक्ष मण्डलको सदस्य योगेन्द्र प्र यादब, सचीव मो.कलाम, परोहा न.पा.को मेयर प्रत्यासी प्रमोद पटेल, युवा नेता बिक्रान्त यादब, अरबिन्द पटेल, कमलेश पटेल लगायतको सहभागिता रहेको थियो । नेकपा परित्याग गरि राजपामा प्रवेश गरेका बिन्दा साहलाई टीका लगाई सदस्यता समेत प्रदान गरिएको छ भने सयौं जना राजपा नेपालमा प्रवेशसँगै सदस्यता ग्रहन गरेका छन ।

प्रकाशित मिति : March 28, 2019 at 9:10 pm