३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

झापाकाे दमकमा सहिद पुष्प-धीरेन्द्र मार्गकाे शिलान्यास

१४ चैत्र, दमक। झापा जिल्ला दमक नगरपालिकामा दश वर्षे जनयुद्धको क्रममा सहादत प्राप्त गरेका पुष्पराज बस्नेत र धीरेन्द्र बस्नेतको स्मृतिमा सहिद पुष्प -धीरेन्द्र मार्गको शिलान्यास भएको छ । प्रदेश नं. १ अन्तर्गत झापा ५(ख) का माननीय सांसद अर्जुन राईले उक्त मार्गको शिलान्यास गर्नुभएको हो।

दमक -१ निवासी २६ वर्षीय पुष्पराज बस्नेत र २० वर्षीय धीरेन्द्र बस्नेत वि.स.२०६० सालमा तत्कालीन शाही नेपाली सेनाद्वारा मारिएका थिए । उनीहरु दुवै जना स्थानीय भीमबहादुर बस्नेत र चन्द्रकुमारी बस्नेतका क्रमशः माइला र कान्छा छोरा हुन् ।

दमक वजारको वडा नं. १ स्थित आदिकवि भानुभक्त चौकदेखि उत्तरतर्फ जाने सडकलाई प्रदेश नं.१ सरकार र दमक नगरपालिकाले पुष्प-धीरेन्द्र मार्ग नामाकरण गर्नुका साथै वजेट विनियोजन समेत गरेको छ । उक्त सडक खण्डको दमक नगरपालिकाले ठेक्का समेत आह्वान गरेको छ।

शिलान्यास कार्यक्रममा प्रदेश सांसद राई , दमक नगरपालिकाका कार्यकारी अधिकृत गणेश तिमल्सिना, पुष्प-धीरेन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष तिर्थराज बस्नेत( शंकर) ले सहिदको योगदान अमर राख्न उक्त मार्ग वनाइएको धारणा राखेका थिए ।

शिलान्यास कार्यक्रममा नेकपा नेता होम थापा , दमक नगर समिति अध्यक्ष वोधप्रसाद घिमिरे , दमक नगरपालिका वडा नं १ का अध्यक्ष तारा अधिकारी, वडा नं .२ का अध्यक्ष प्रजापति सापकोटा ,वडा नं ५ का अध्यक्ष इन्द्र गुरुङ र वडा नं. १० का अध्यक्ष वोधराज न्यौपाने लगायतको सहभागिता रहेको थियोे ।

प्रकाशित मिति : 13:11