३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

विद्युत् चुहावट ६ प्रतिशतले घट्यो

१४ चैत, सिरहा । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आर्थिक वर्ष २०७५÷७६ को सात महीनाको अवधिमा सिरहाको लहान क्षेत्रमा करीब छ प्रतिशत विद्युत् चुहावटमा कमी आएको छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहावट २८ दशमलव ६० प्रतिशतमा झरेको हो । गत आर्थिक वर्ष २०७४÷७५ सम्म करीब ३४ दशलव ८८ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि माघसम्ममा करीब छ प्रतिशत विद्युत् चुहावट घटेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख बिष्णुप्रसाद यादवले जानकारी दिनुभयो ।

यस्तै समयमा विद्युत्को महसुल नबुझाउने ३३३ ग्राहकको विद्युत् लाइन काट्दा रु ९९ लाख ६४ हजार ४११ बाँकी बक्यौता रकम सङ्कलन भएको प्रमुख यादवको भनाइ छ । त्यस्तै विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने ४१६ लाई पक्राउ गरी जरिवानावापत रु ५० लाख २९ हजार राजश्व सङ्कलन भएको जनाएको छ ।

प्रकाशित मिति : 10:34