११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

बुटवलमा अटो वर्कसपमा काम गर्ने भारतीय नागरिकको गोली हानी हत्या

१४ चैत, बुटवल ।  बुटवल उपमहानगरपालिका– १ गडी टोलमा भारतीय नागरिकको गोली प्रहार गरी हत्या गरिएको छ । बुटवलको अटो भिलेजस्थित एक अटो वर्कसपमा काम गर्दै आएका भारत बेलियाका ४० वर्षीय फिरोज खानको बुधबार राति अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

गोली लागी घाइते भएका खानको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । उनी विगत एक दशकदेखि बुटवल मैनाबगरस्थित अटो वर्कसपमा काम गर्दै आएका थिए । आक्रमणकारी समूहको प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : March 28, 2019 at 9:21 am