२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

सरकारले मोबाइलमा गेम खेल्न प्रतिबन्ध लगायाे,मोबाइलमा गेम खेल्ने १० जना पक्राउ

३० फागुन, भारत । भारतको गुजरातस्थित राजकोटमा चर्चित मोबाईल गेम पब्जी खेल्न प्रतिबन्धपछि पनि पब्जी खेल्दै गरेका दश जनालाई प्रहरीले पक्राउ गरेको छ। यस खेलले युवा तथा बालबालिकाहरुमा हिंसात्मक प्रवृति बढाएको, अध्ययनमा असर पुर्याएको, भाषा र आचरणमा असर पुर्याएको भन्दै प्रहरीले राज्य सरकारको निर्देशनमा बन्देज लगाइएको हो ।

प्रहरीले उनीहरुको साथबाट अनुसन्धानका लागि मोबाईल फोन समेत जफत गरेको छ। प्रहरीका अनुसार उक्त गेम खेलिरहेका ती युवाहरु यति अम्मली भएका थिए कि प्रहरीहरु उनीहरुलाई पक्राउ गर्न नजिकै आउँदा समेत उनीहरुले थाहा पाएनन्।

प्रहरी अधिकारी मनोज अग्रवालले मार्च ६ मा एक सुचना जारी गर्दै पब्जीलाई राजकोटमा बन्देज लगाइएको थियो। पक्राउ परेकाहरुलाई प्रहरीको सुचना उल्लंघन गरेको आरोपमा कारवाही अघि बढाइने छ।एजेन्सी

प्रकाशित मिति : March 14, 2019 at 7:58 pm