२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

रिलायन्स स्पिनिङ्ग मिल्सको नाफा ३० करोड ४८ लाख, प्रतिसेयर आम्दानी कति ?

२० कात्तिक, काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ।समीक्षा अवधिमा कम्पनीले ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। याे नाफा गत आर्थिक वर्षकाे साेही अवधिकाे तुलनामा ३४२.५३ प्रतिशतले बढी हाे ।  गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले ६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २८.७८ प्रतिशतले बढेर ३ अर्ब २० करोड २९ लाख रुपैयाँ पुगेको छ । जुन गत वर्षको असोज मसान्तमा २ अर्ब ४८ करोड ७१ लाख रुपैयाँ रहेको थियो।कम्पनीको कुल मुनाफा ५६ करोड १६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा गत वर्षको १६ करोड ९१ लाख रुपैयाँबाट बढेर ४० करोड ५७ लाख रुपैयाँ पुगेको छ। यसै अवधिमा कम्पनीको वित्तीय खर्च ८ करोड ७२ लाख रुपैयाँबाट उल्लेख्य रूपमा घटेर ४ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा ७ अर्ब ४० करोड रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ६४ रुपैयाँ १८ पैसा र  प्रतिशेयर नेटवर्थ ४८९ रुपैयाँ ५३ पैसा कायम भएको छ।

प्रकाशित मिति : November 6, 2026 at 1:41 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/