बुङ्गल हाइड्रोको नाफा ६६ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?
१९ कात्तिक, काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
गत आर्थिक वर्षको चौथो त्रैमासमा घाटा व्यहोरेको कम्पनीले चालु आर्थिक वर्षको सुरुआतमा खुद नाफा ६६.६४ प्रतिशतले बढेर ४ करोड ८३ लाख ५४ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीको खुद नाफा २ करोड ९० लाख १७ हजार रुपैयाँ रहेको थियाे ।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेर ११ करोड ६२ लाख ५४ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ११ करोड २४ लाख ७७ हजार रुपैयाँ रहेको थियो। कम्पनीको कुल मुनाफा ८ करोड २४ लाख रुपैयाँ कायम भएको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च गत वर्षको ४ करोड ४७ लाख रुपैयाँबाट उल्लेख्य घटेर २ करोड ८६ लाख ३९ हजार रुपैयाँमा सीमित भएको छ।
कम्पनीको चुक्ता पूँजी ८३ करोड रुपैयाँ रहेको छ भने जगेडा तथा कोष १० करोड ५९ लाख रुपैयाँ ऋणात्मक छ। कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी गत वर्षको १३ रुपैयाँ ७२ पैसाबाट बढेर २२ रुपैयाँ ८६ पैसा पुगेको छ। यसैगरी, प्रतिसेयर नेटवर्थ ८७ रुपैयाँ २४ पैसा रहेको छ।
प्रकाशित मिति : November 5, 2026 at 4:29 pm










