१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?
१९ कात्तिक, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिसम्ममा कम्पनीको नाफा १६ प्रतिशतले घटेको छ । कम्पनीले असोज मसान्तसम्म २५ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ३० करोड रुपैयाँ थियो । कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब २४ करोड ३६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ३७ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी २ करोड ६ लाख रुपैयाँ रहेको छ । गत वर्षको पहिलो त्रैमासिकमा यस्तो आम्दानी २ करोड ६२ लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीको कच्चा पदार्थ उपभोग खर्च १ अर्ब ३० करोड २० लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो खर्च १ अर्ब ७ करोड १ लाख रुपैयाँ थियो ।
त्यस्तै, कर्मचारी खर्च १८ करोड ३८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको कर्मचारी खर्च १७ करोड ५८ लाख रुपैयाँ थियो । कम्पनीको अन्य खर्च पनि बढेर ३४ करोड १३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो खर्च ३२ करोड २१ लाख रुपैयाँ थियो । कम्पनीको कुल खर्च चालु आर्थिक वर्षको असोज मसान्तसम्म १ अर्ब ९२ करोड २९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल खर्च १ अर्ब ६६ करोड १ लाख रुपैयाँ थियो ।
प्रकाशित मिति : November 5, 2026 at 4:01 pm










