पाँचथर पावरको नाफा ५४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?
१९ कात्तिक, काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ । कम्पनीले सार्वजनिक गरेकाे विवरणअनुसरा असोज मसान्तसम्म कम्पनीले ७ करोड ९५ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। याे नाफा गत आर्थिक वर्षको सोही अवधिकाे तुलनामा करिब ५४ प्रतिशतले बढेको हाे । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ५ करोड १५ लाख ३६ हजार रुपैयाँ थियो।

चालु आवको पहिलो तीन महिनामा कम्पनीले १४ करोड ४२ लाख ३५ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १४ करोड ५२ लाख ४० हजार रुपैयाँ थियो। कम्पनीले पहिलो त्रैमासमा १४ करोड १२ लाख १ हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ। कर्मचारी खर्च ३० लाख २५ हजार रुपैयाँ, अन्य सञ्चालन खर्च ८१ लाख ९९ हजार रुपैयाँ र मूल्यह्रास खर्च २ करोड २८ लाख ६७ हजार रुपैयाँ रहेको छ।
असोज मसान्तसम्म कम्पनीको चुक्तापूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ। असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति २ अर्ब ९१ करोड २८ लाख रुपैयाँ रहेको छ। दीर्घकालीन सुरक्षित कर्जा १ अर्ब ६६ करोड ५३ लाख ७१ हजार रुपैयाँ रहेको छ। कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ८.२७ रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ १०६.९२ रुपैयाँ र बजार मूल्य ३३० रुपैयाँ रहेकाे छ।
प्रकाशित मिति : November 5, 2026 at 2:29 pm










