२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

ह्वातै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१९ कात्तिक, काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा ह्वातै वृद्धि भएको छ।  बिहीबार एकैदिन सुनको मूल्य तोलामा १३ हजार ३ सय रुपैयाँ बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ कायम भएकाे छ ।

अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी तोलामा २६५ रुपैयाँ बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : November 5, 2026 at 11:05 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/