आज पनि बढ्यो सुनको मूल्य
१८ कात्तिक, काठमाडौँ । आज सुनको मूल्य सामान्य बढेको भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो।
यससँगै आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ। यससँगै चाँदीको मूल्य प्रतितोला ३ हजार ६५५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार ६७५ रुपैयाँमा किनबेच भएको थियो।
प्रकाशित मिति : November 4, 2026 at 11:01 am










