काठमाडौं उपत्यकामा एकैदिन ४७० चालक ट्राफिक कारवाहीमा
८ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ४७० वटा सवारीसाधन ट्राफिक प्रहरीको कारवाहीमा परेका छन्। ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौंका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ९९ जना, सीसी क्यामेरामा ट्राफिक नियम उल्लंघन गरेको कैद भएका ४० जना, रातो बत्तीमा सवारी चलाउने ३७ जना, ओभर स्पीडमा सवारी चलाउने ११५ जना सवारी चालक कारवाहीमा परेका छन्।

त्यसैगरी हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ९ जना, लेन अनुशासन उल्लंघन गर्ने २ जना र एकतर्फी बाटोमा सवारी चलाउने ७ जना तथा अन्य नियम उल्लंघन गर्ने १६१ जना कारवाहीमा परेको ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ ।
प्रकाशित मिति : October 25, 2026 at 2:55 pm










