३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

मङ्गलदीप अगरबत्तीको मन्दिर केन्द्रित प्रवर्द्धन अभियान

३० असाेज, काठमाडौं । सूर्य नेपाल भेन्चर्स प्रा.लि. अन्तर्गतको मङ्गलदीप अगरबत्तीले दसैँको अवसर पारेर काठमाडौं उपत्यकाका प्रमुख मन्दिर परिसरमा प्रवर्द्धन अभियान सुरु गरेको छ । मङ्गलदीप Scent 3-in-1 को बजार विस्तार तथा उपभोक्तासँगको सम्बन्ध सुदृढ गर्ने उद्देश्यले सुरु गरिएको अभियान आश्विन २५ देखि कार्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।

अभियान नक्साल भगवती, शोभा भगवती र इन्द्रायणी मन्दिर परिसरमा सञ्चालन भइरहेको छ भने शुक्रबारदेखि गुजेश्वरी मन्दिर (बालाजु) परिसरमा पनि सुरु गरिने कम्पनीले जनाएको छ । दैनिक बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने अभियानमा तालिमप्राप्त सहजकर्ताले उपभोक्तालाई उत्पादनबारे जानकारी दिने, प्रत्यक्ष अन्तरक्रिया गर्ने, नमुना वितरण गर्ने तथा बिक्री प्रवर्द्धन गर्नेछन् । अभियान अवधिभर २० हजार नमुना प्याकेट वितरण गर्ने लक्ष्य राखिएको छ ।

मङ्गलदीप Scent 3-in-1 अभियानको मुख्य आकर्षणका रूपमा रहेको छ । एउटै प्याकेटमा परफ्युमबाट प्रेरित ‘एब्सोलुट’, ‘रोयल’ र ‘इन्टेन्सिटी’ गरी तीन प्रकारका प्रिमियम सुगन्ध समावेश गरिएको कम्पनीले जनाएको छ । चारकोलरहित उत्पादन र लामो समयसम्म टिकिरहने सुगन्धलाई यसको विशेषताका रूपमा प्रस्तुत गरिएको छ ।

अभियानमा मङ्गलदीपका ल्यावेन्डर, चन्दनलगायत अन्य उत्पादन पनि प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् । अभियानस्थलमा उपलब्ध उत्पादन खरिद गर्दा १० प्रतिशत छुट दिइनेछ । यसअनुसार नियमित १०० रुपैयाँ पर्ने उत्पादन ९० रुपैयाँमा खरिद गर्न सकिनेछ ।

यस अभियानले उपभोक्तालाई विभिन्न सुगन्धको प्रत्यक्ष अनुभव लिन, उत्पादनबारे जानकारी प्राप्त गर्न र छुटसहित खरिद गर्न सहज अवसर प्रदान गर्ने कम्पनीको अपेक्षा छ । मङ्गलदीपका चन्दन, चम्पा, अर्पण, ज्यास्मिन, म्यारिगोल्ड र ल्यावेन्डरलगायत विभिन्न सुगन्धका अगरबत्ती तथा धूपका उत्पादन नेपालभर उपलब्ध छन् ।

प्रकाशित मिति : October 16, 2026 at 12:36 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/