३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

३० असाेज, काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन तोलामा १ हजार ७०० रुपैयाँ र चाँदी तोलामा ११५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबार चाँदी प्रतितोला चाँदी प्रतितोला चार हजार ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : October 16, 2026 at 12:11 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/