आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
२९ असोज, काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन तोलामा एक हजार १०० रुपैयाँ र चाँदी तोलामा २२० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ८९ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

पछिल्ला दिनमा सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ। त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला चार हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : October 15, 2026 at 11:19 am







