२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

मञ्जुश्री फाइनान्सको १ लाख २९ हजार ३२ कित्ता संस्थापक सेयर बिक्रीमा

२६ असोज, काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी नुमनाथ पौडेलले आफ्नो नाममा रहेको १ लाख २९ हजार ३२ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएपछि संस्थाको सञ्चालक समितिको बैठकले प्रचलित नियमानुसार बिक्री प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

उक्त सेयर संस्थाले विद्यमान संस्थापक सेयरधनीलाई खरिदका लागि पहिलो प्राथमिकता दिने व्यवस्था गरेको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक प्रमाण कागजात संलग्न गरी मञ्जुश्री फाइनान्सको केन्द्रीय कार्यालय, थापाथली, काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि निवेदन प्राप्त नभएमा प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थालाई संस्थापक सेयर बिक्री गर्ने सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाइने फाइनान्सले जनाएको छ ।

प्रकाशित मिति : October 12, 2026 at 9:49 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/