२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

२३ असोज, काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन तोलामा दुई हजार ९०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : October 9, 2026 at 11:09 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/