२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

कुमारी बैंकको १ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा

२२ असोज, काठमाडौं। कुमारी बैंक लिमिटेडले सर्वसाधारणका लागि १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यस अघि संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखेको उक्त सेयर संस्थापकले आवेदन नदिए पछि आम सर्वसाधारणका लागि बिक्रीमा राखिएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्त वा संस्थाले १५ दिन भित्र आवेदन दिनु पर्ने छ । संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त सेयर खरिद गर्न विद्यमान संस्थापक सेयरधनीहरुका लागि सूचना प्रकाशित गरिएको थियो । तर, विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नआएको हुँदा संस्थापक भन्दा बाहिर सर्वसाधारणहरुका लागि सूचना जारी गरिएको बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१, नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं – २, टंगालमा आइपुग्ने गरी आवेदन दिनु पर्ने छ । उक्त सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।

प्रकाशित मिति : October 8, 2026 at 11:56 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/