एनआईसी एशिया बैंकको इन्टरनेट बैंकिङ बन्द हुने
२१ असोज, काठमाडौं । एनआईसी एशिया बैंकले इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने भएको छ। बैंकले एक सूचना जारी गर्दै आगामी २०८३ माघ १ गते अर्थात् सन् २०२७ जनवरी १५ देखि इन्टरनेट बैंकिङ सेवा पूर्णरूपमा बन्द हुने जानकारी दिएको हो।
बैंकका अनुसार हाल सञ्चालनमा रहेको आईटच इन्टरनेट बैंकिङ सेवा उक्त मितिदेखि पूर्णरूपमा निष्क्रिय गरिनेछ। बैंकले विद्यमान ग्राहकलाई बैंकले उपलब्ध गराएको अवधिभित्र वैकल्पिक बैंकिङ सेवामा स्थानान्तरण हुन अनुरोध गरेकाे छ ।

बैंकले ग्राहकलाई ओएमएनआई वेबमा आधारित मोबाइल बैंकिङ सेवामा दर्ता भई सेवा सञ्चालन गर्न आग्रह गरेको छ। विद्यमान ग्राहकलाई ओएमएनआई सेवामा स्थानान्तरण हुन २०८३ साल पुस ३० गतेसम्मको समय उपलब्ध गराइएको बैंकले जनाएको छ।

प्रकाशित मिति : October 7, 2026 at 6:06 pm






