२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

नगद लाभांश पारित गर्दै सिटिजन्स क्यापिटलको साधारण सभा सम्पन्न

२१ असोज, काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सेयरधनीलाई १३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । असोज १९ गते काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा सम्पन्न कम्पनीको २०औँ वार्षिक साधारण सभा उक्त प्रस्ताव पारित गरेको हाे ।

सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । त्यस्तै, सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायत वित्तीय विवरण पनि सभाले पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ । कम्पनीको नियमावलीअनुसार गरिएको सञ्चालक नियुक्तिलाई पनि सभाले अनुमोदन गरेको छ ।

प्रकाशित मिति : October 7, 2026 at 10:39 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/