२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

लुम्बिनी विकास बैंकका संस्थापक सेयर बिक्रीमा

२१ असोज, काठमाडौँ ।  लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेकाे छ। बैंकको सूचनाअनुसार संस्थापक सेयरधनी ठाकुरप्रसाद बरालले आफ्नो नाममा रहेको ८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न आवेदन दिएका छन्। त्यसैगरी, अर्को संस्थापक सेयरधनी भेन्चर होल्डिङ्स प्रालि. (साबिक भेन्चर ट्रेडिङ एन्ड इन्भेस्टमेन्ट प्रालि.)ले आफ्नो नाममा रहेको १ लाख ४३ हजार ५८५ कित्ता संस्थापक सेयर बिक्री गर्न आवश्यक स्वीकृतिका लागि बैंकको सञ्चालक समितिसमक्ष आवेदन दिएको बैंकले जनाएको छ।

बैंकले विद्यमान संस्थापक सेयरधनीहरूका लागि यसअघि ३५ दिने सूचना प्रकाशित गरेको थियो। उक्त सूचनाबमोजिम उल्लिखित सेयर खरिद गर्न कुनै पनि विद्यमान संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएपछि अन्य इच्छुक व्यक्ति वा संस्थाका लागि सेयर बिक्री खुला गरिएको हो।

बैंकका अनुसार उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले नेपाल राष्ट्र बैंकले तोकेको संस्थापक सेयर खरिदसम्बन्धी योग्यता पूरा गरेको व्यहोरा खुल्ने कागजात तथा अन्य आवश्यक विवरणसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको मुख्य कार्यालय, डिल्लीबजार, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ। बैंकले प्राप्त निवेदन तथा कागजातका आधारमा प्रचलित व्यवस्था र नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डबमोजिम संस्थापक सेयर बिक्रीसम्बन्धी प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रकाशित मिति : October 7, 2026 at 9:12 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/