२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

११ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

२० असोज, काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। मंगलबार नेप्से परिसूचक ११.९६ अंकले बढेर २५७८.७३ विन्दुमा पुगेको छ। मंगलबार १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ । १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। यस दिन ३५९ कम्पनीकाे ४१ हजार ६०७ पटकको कारोबारमा ३ अर्ब १३ करोड ८१ लाख १९ हजार रुपैयाँबराबरको ८९ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। यस दिन त्रिशुली जलविद्युत कम्पनीको सेयरमूल्य ५.११ प्रतिशत बढेको छ। यस दिन सर्वोत्तम पेन्ट्सको सेयरमूल्य करिब ५ प्रतिशत घटेको छ भने एआईबिएल ग्रोथ फण्डको इकाईमूल्य करिब साढे ४ प्रतिशत घटेको छ।

यस दिन घलेम्दी हाइड्रोको सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन २३ करोड ९१ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : October 6, 2026 at 3:32 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/