मंगलबार प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
२० असोज, काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेकाे छ भने चाँदीको मूल्य घटेको छ । यस दिन सुन सोमबार कायम हुने मूल्यलाई नै आधार मानेर कारोबार हुनेछ भने चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। साेमबार पनि सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा नै खरिदबिक्री भएको थियो। त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ४३० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : October 6, 2026 at 11:12 am






