कुमारी बैंकको ७८ हजार ६७७ कित्ता संस्थापक सेयर बिक्रीमा
२० असोज, काठमाडौं । कुमारी बैंक लिमिटेडले ७८ हजार ६७७ कित्ता संस्थापक सेयर बिक्रीका लागि सर्वसाधारणबाट आवेदन माग गरेको छ। बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो नाममा कायम रहेको उक्त संस्थापक सेयर बिक्री गर्न इच्छुक भई बैंकसमक्ष निवेदन दिएका थिए। नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम संस्थापक सेयर बिक्री गर्दा पहिलो हक विद्यमान संस्थापक सेयरधनीमा रहने व्यवस्था छ।
उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरूका लागि सूचना प्रकाशित गरिएकोमा कुनै पनि आवेदन नपरेपछि संस्थापकभन्दा बाहिरका सर्वसाधारणबाट सेयर खरिदका लागि आवेदन माग गरिएको बैंकले जनाएको छ।

इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, काठमाडौं–१, नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय, काठमाडौं–२, टंगालमा आवेदन दिनुपर्नेछ। बैंकका अनुसार बिक्रीमा राखिएको उक्त संस्थापक सेयरको बिक्री मूल्य विक्रेताले तोकेबमोजिम हुनेछ।
प्रकाशित मिति : October 6, 2026 at 9:17 am






