१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

इ-बिडिङ प्रकरणमा आठ जना पक्राउ

१९ असोज, काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय ठेक्का प्रणाली (इ-बिडिङ) ह्याक गरेको प्रकरणमा प्रहरीले थप आठ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार इ-बिडिङ प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै आर्थिक प्रस्तावसम्बन्धी डकुमेन्ट परिवर्तन गर्ने कार्य भएको सम्बन्धमा प्राप्त निवेदनमाथि प्राविधिक अनुसन्धान तथा विश्लेषण गरिएको थियो।

अनुसन्धानबाट संलग्नता खुलेका ८ जनालाई सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको ब्यूरोले जनाएको छ। उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट  असोज १६ गते पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकामाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको छ। काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

प्रकाशित मिति : October 5, 2026 at 5:07 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/